जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

 असोज ११, २०७९ मंगलबार ९:३०:५५ | एजेन्सी
unn.prixa.net

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् ।

६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भएको स्वीकार गरेको थियो ।

यस पहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टिका लागि समारोह गरेको थियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिकका प्रभावशाली नेताले देशप्रति दिएको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको भने पनि विपक्षी दलहरुले राज्यको सम्पत्तिबाट समारोह गर्न नहुने भन्दै विमती राख्दै आएका छन् । उहाँको गएको असार २८ गते अन्त्येष्टि गरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया