घटस्थापनादेखि आज बिहानसम्म ५ लाखभन्दा धेरैले काठमाण्डाै उपत्यका छाडे

 असोज १५, २०७९ शनिबार १२:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म काठमाण्डौ उपत्यकाबाट ५ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् ।

गएको १० गते घटस्थापनाका दिन झण्डै ६० हजारले काठमाण्डौ उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र हिजोदेखि आज बिहानसम्म झण्डै डेढ लाख यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । यो सङ्ख्या आजदेखि झनै बढ्ने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो।

आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप छ । बिहान मुख्य नाकामा जाम भए पनि अहिले सहज रुपमा गाडी चलेका छन् । तर लामो दूरीका गाडी बाहिरिने क्रम निरन्तर रहने भएकाले बेलुका फेरि गाडीको चाप बढ्ने प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

यसपटकको दशैँका लागि झन्डै २० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ। 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया