दशैँको नवमीदेखि पूर्णिमासम्म नै बाढी पहिरोको जोखिम : सतर्क रहन मौसमविद्को आग्रह

 असोज १६, २०७९ आइतबार ७:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो । 

यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ । 

नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मोसमविद् वरुण पौडेलले बताउनुभयो । 

यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ । यो हप्ताभरी नै मनसुन रहने अनुमान छ । 

यसैबीच, मौसमविद्ले ठूलो वर्षाको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा पनि सचेत रहन आग्रह गरेका छन् । बाली भित्र्याउँदा आज र भोलि भित्र भित्र्याइसक्न नभए अर्का हप्तासम्म पर्खन सुझाव दिइएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भगवान घिमिरे

    Oct. 2, 2022, 8:04 a.m.

    मौसमले सबैलाई दशैंको बेला बाहिर टाढा टाढा नजानु भनेको जस्तो छ, जलबायु परिवर्तनको असरले हाम्रो जस्तो अल्पविकसित मुलुकहरुमा प्रत्यक्ष मार परिरहेको छ। तैपनि सबैजना सतर्क रहौं दशै भव्य रहोस्, शुभकामना।

  •  0 Reply

तपाईको प्रतिक्रिया