दशैँ मान्न गाउँ जानेहरूकाे भिड, नागढुङ्गामा गाडीकाे लामाे 'लाइन' (तस्बिरहरू)

 असोज १६, २०७९ आइतबार १३:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ । 

काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । 

गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न मात्रै पनि घण्टौँसम्म जाममा बस्नुपरेकाे छ ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसहरूले काठमाण्डाै उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको छ । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण मानिसहरूको आवतजावतमा समस्या भए पनि यस वर्ष भने निर्वाधरूपमा मानिसहरू हिँडिरहेका छन् । यात्रुले टिकट नपाउने समस्या भोग्नुपरेको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया