ब्यारेकभित्रै महिला प्रहरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा खानीखाेलाका इन्सपेक्टर पक्राउ

 असोज १६, २०७९ आइतबार १९:४७:५२ | सिताराम अधिकारी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धादिङ – धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

२५ वर्षकी एक महिला प्रहरीले आफूमाथि गए राति प्रहरी निरीक्षक ढुंगानाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि आज आइतवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले बताउनुभयो ।  

पालिका चुनावदेखि विवादमा आएका ढुंगानामाथि आफ्नै सहकर्मीलाई कुटपिट गरेको, सार्वजनिक क्षेत्रमा नागरिकमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया