ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

 असोज १८, २०७९ मंगलबार १२:३६:४२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्। 

चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गर्नुभयो । खुटिया–दीपायल फास्ट ट्रयाकको हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् । 

आचार्यले भन्नुभयो, ‘निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ।’ 

‘मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ,’ अर्का मजदुर रकिल घर्तीमगरले भन्नुभयो, ‘मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै १६ लाख रुपैयाँ निर्माण कम्पनीले भुक्तानी दिएको छैन ।’

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उहाँहरुको गुनासो छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया