दशैँको टीका लगाउने क्रम सुरु : मान्यजन र आफन्तकाेमा पुग्नेहरूको चहलपहल

 असोज १९, २०७९ बुधबार ११:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका थाप्न मान्यजन र आफन्तकाेमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।

काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको केही चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । 
दशैँअघि नै लाखौँ मानिस उपत्यकाबाहिर गएकाले अरू बेलाभन्दा केही सुनसान छ ।

निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।

देशका कतिपय ठाउँमा आज एक दिनमात्र टीका लगाउने चलन भएकाले टीका लगाएपछि फेरि मानिसहरू कर्मथलो फर्कन सुरु गर्छन् । कतिपय ठाउँमा भने कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । तर यसपालि झरी परेकाले आफन्त एवम् मान्यजनकोमा टीका थाप्न जानेलाई कठिनाइ भएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया