माला उन्दै र बेच्दै विद्यार्थी (तस्बिरहरू)

 कात्तिक ७, २०७९ सोमबार १८:५:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीमा रहेको तुलसीपुर मेट्रो कलेजका विद्यार्थी अहिले फूलको माला बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै तुलसीपुर क्षेत्रका कलेजका विद्यार्थी मागअनुसारकाे फूलकाे माला बनाउनका लागि फूल टिप्न व्यस्त भएका हुन् । 

बाली विज्ञान दोस्रो वर्षमा अध्यनरत विद्यार्थी र फरेस्ट्रीका विद्यार्थी गरी ६० जनाको समूहले कलेजको आफ्नै पाँच कट्ठा जग्गामा मखमली र सयपत्रीको फूल खेती गरेका छन् । मालाको माग धेरै नै बढिरहँदा दैनिक दुई सय वटा माला बिक्री भइरहेकाेमा भाइटीकासम्म थप माग बढ्न सक्ने विद्यार्थीहरू बताउँछन् ।

अहिले मखमली फूल प्रतिकिलो एक हजार र प्रतिमाला एक सय बीस रुपैयाँ तथा सयपत्री फूल प्रतिकिलो छ सय र प्रतिमाला दुई सय रुपैयाँको दरले बिक्री गरिरहेको बाली विज्ञान दोस्रो वर्षमा अध्यनरत विद्यार्थी गंगा भण्डारीले बताउनुभयो । यति बेला शिक्षक र विद्यार्थी बिहानदेखि बेलुकासम्म नै फूल टिप्न र माला बनाउन व्यस्त देखिन्छन् । साथै ग्राहकको सहजताका लागि तुलसीपुर बजारको विभिन्न क्षेत्रमा पनि स्टल राखेर सेवा दिइरहेका छन् । 

यसरी पढ्दै कमाउँदै गर्ने भएपछि आर्थिक हिसाबले केही राहत हुने र घरमा मागिरहनु नपर्ने उनीहरू बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया