दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

 कात्तिक ८, २०७९ मंगलबार ७:४:३२ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ । 

गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो ।

लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण सङकलन भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया