स्कुले विद्यार्थी राखेर एमाले उम्मेदवार काेमल वलीकाे चुनावी भेला

 कात्तिक १८, २०७९ शुक्रबार १९:१६:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेकाे सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेकाे भेलाकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

उनीहरूले विद्यार्थीलाई विद्यालयको परिसरबाहिरको मैदानमा राखेर चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेका थिए । उनीहरूले एमालेको सूर्य चिह्नमा भोट हाल्न बाबाआमालाई भन्नु है भन्दै भाषण गरेका थिए । 

तस्बिर : दीपक बोहोरा

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया