हुम्लामा ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

 मंसिर ७, २०७९ बुधबार १४:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

हुम्ला – हुम्लामा मतदान सकिएको चार दिनपछि आज बुधवार मतपेटिका सदरमुकाममा ल्याइएको छ ।

सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको एक सय ३४ वटा मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेरअघि सदरमुकाम सिमकोट ल्याइएको हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले जानकारी दिनुभयो । सबै ठाउँबाट मतपेटिका ल्याइएको र अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सर्वदलीय बैठकपछि बेलुकीसम्ममा मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया