प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड मत गणना : एकीकृत समाजवादीको २ लाख ८२ हजार नाघ्यो

 मंसिर १४, २०७९ बुधबार ९:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत ल्याएर दोस्रोमा छ ।

माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेकाे छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५४, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७, जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ र नेकपा (एकीकृत समाजवादी)ले २ लाख ८२ हजार २६२ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरण छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया