अस्तव्यस्त खेलकुद संरचना (फोटो फिचर)

 पुस ९, २०७९ शनिबार ९:४७:१ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेपालमा खेल क्षेत्र त कमजोर छ नै, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जीर्ण बन्दै गइरहेका छन् ।

खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवर्द्धन हुन नसक्नु दुःखद् हो । यिनै जीर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ ।

सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरु बिग्रिँदै गएका छन् । सातदोबाटोमा रहेकाे स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाण्डौको मूलपानीको क्रिकेट रङ्गशाला लगायत प्रायजसाे काठमाण्डौ उपत्यकाका खेलकुद संरचनाहरु जीर्ण बनिरहेका छन् ।

त्रिपुरेश्वरमा रहेकाे स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रङ्गशालामा फ्याँकिएका नवौँ साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले कैद गरेका जीर्ण बन्दै गरेका खेलकुदका संरचनाहरुहरुका तस्बिर आजको फोटो फिचरमा :

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया