सोलुखुम्बुकाे थुलुङमा दुई वटा मोटरेबल पुलकाे काम अलपत्र छाडेर निर्माण कम्पनी सम्पर्कविहीन

 पुस २३, २०७९ शनिबार १२:४१:३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा दुईवटा माेटरेबल पुलकाे काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएकाे छ । थुलुङकाे दिप्लीघाट र बर्खुघाट पुल निर्माणकाे जिम्मा लिएकाे महादेव खिम्ती हिराचन जेभी कम्पनी सम्पर्कविहीन भएपछि पुलकाे काम अलपत्र भएकाे हाे । 

गाउँपालिकाका अध्यक्ष असिम राईले निर्माण व्यवसायी महासङ्घका अध्यक्षसमेत रहेका रवि सिंहको यस कम्पनीलाई सार्वजनिक रुपमा ध्यानाकर्षण गराउनु भएकाे छ । राईले आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दा समेत काम सुरु नै नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् सिंहकाे ध्यानाकर्षण गराउनु भएकाे हाे । 

दिप्लीघाट मोटरेबल पुल गएकाे आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी २०७५ सालमा महादेव खिम्ति हिराचन जेभीले ठेक्का सम्झाैता गरेको थियो । तर सम्झाैताकाे ३३ महिना बितिसक्दा पनि पुलकाे काम शिलान्यासमै सीमित भएकाे छ । सडक विभाग, पुल महाशाखा अन्तर्गत दिप्लीघाट पुल १० करोड ९८ लाख र बर्खुघाट पुल ११ करोड ६० लाख रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया