टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १२ सय जना नाघ्यो

 माघ २३, २०७९ सोमबार १७:४१:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको टर्कीमा दिउँसो एक बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

बिहान भूकम्प गइसकेपछि त्यहाँ थुप्रै परकम्पहरू गइरहेका अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि ठूलो जनधनको क्षति भएको छ । दुवै देशमा गरेर अहिलेसम्म कम्तीमा एक हजार दुई सय जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । दुई हजारभन्दा धेरै व्यक्ति घाइते भएका छन् ।

अहिले खोजी र उद्धार चलिरहेकाले ज्यान गुमाउने तथा घाइते हुनेको सङ्ख्या अझै धेरै बढ्न सक्ने बीबीसीले जनाएको छ । भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । प्रभावित क्षेत्रको अवस्था निकै कष्टकर बनेको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • टंक प्रसाद दाहाल

    Feb. 6, 2023, 10:01 p.m.

    टर्की को भुकमपमा परि ज्यान गुमाउनु हुने प्रती आर्दिक श्रदान्जली मैले नसके पनि त्याहा सकुसल हुनु हुनेहरुले घाइते हरुर्लाइ सिग्रस्वास्थे लाभको कामना गर्दछु।

  •  0 Reply

तपाईको प्रतिक्रिया