युक्रेन र पश्चिमा देशहरूले युद्ध सुरु गरे : पुटिन

 फागुन ९, २०७९ मंगलबार १८:३६:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिनुभएको छ । रुसको संसदमा सम्बोधन गर्दै उहाँले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गर्नुभएको हो । युद्धका कारण उहाँको सम्बोधन पटक–पटक पछि सारिँदै आएको थियो । पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी गर्नुभएको छ । झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको दाबी पनि गर्नुभयो ।

यसैबीच अमेरिका र रुसबीचको 'न्यु स्टार्ट' भनिने अस्त्र घटाउने सम्बन्धी एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनले घोषणा गर्नुभएको छ । अमेरिकाले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि त्यस्तो गर्न तयार रहनुपर्ने उहाँले बताउनुभयो ।

'न्यु स्टार्ट' रुस र अमेरिकाबीचको बाँकी रहेको अन्तिममध्येको पारमाणविक हतियारसम्बन्धी सम्झौता हो । सन् २०२१ मा यस सन्धिको समयसीमा पाँच वर्षका लागि थप गरिएको थियो । सन् २०१० मा हस्ताक्षर गरिएको उक्त सन्धिले दुवै पक्षलाई एक हजार ५५० वटा लामो दूरीमा प्रहार गर्ने पारमाणविक युद्धशीर्षमा सीमित गरिदिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया