भारतबाट कालीकाेट घर फर्किने क्रममा कैलालीबाट एक जना बेपत्ता

 चैत २०, २०७९ सोमबार १६:२६:१४ | मनिराज पाण्डे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – कालीकाेटकाे खाँडाचक्र नगरपालिका ३ का मनप्रसाद पाण्डे बेपत्ता हुनुभएको छ । भारतबाट काम गरेर कालीकोट घरतिर फर्किँदै गर्दा उहाँ कैलालीकाे गोदावरी नगरपालिका ६ बाट बेपत्ता हुनुभएको हो ।

पाण्डेकी श्रीमती पदमकला पाण्डेलाई भने बेहोस अवस्थामा भेटेर उपचार गराइरहेको प्रहरीले जनाएको छ । गएकाे शनिवार भारतको हरिद्वारबाट उहाँहरूसँगै आएका दुई जना महिलाले बाटोमा पाण्डे दम्पतीलाई जुस खुवाएर बेहोस पारेको खुल्न आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती महिलाहरू लुटेरा हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरूले पदमकलाको साथबाट एक तोला सुनको सिक्री र कानमा लगाएको मुन्द्रा लुटेर भागेका प्रहरीले जनाएको छ ।

पदमकला पाण्डेको उपचारपछि होस खुलेको र अहिले घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया