भारतमा सुरक्षाकर्मी बोकेको गाडीमा माओवादीको आक्रमण, ११ जनाकाे ज्यान गयाे

 बैशाख १३, २०८० बुधबार २०:६:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा माओवादीहरूले गरेको बम आक्रमणमा १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको छ । छत्तीसगढ राज्यको दन्तेवाडामा भएको आक्रमणमा डिस्ट्रिक्ट रिजर्भ गार्डका १० जना जवान र एक जना चालकको ज्यान गएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको र फर्कने क्रममा माओवादीहरूले विस्फोट गराएका प्रहरीले जनाएको छ । खनिज पदार्थको धनी राज्य छत्तीसगढले साढे तीन दशकदेखि माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ । भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गममा सन् १९६० मा सुरु भएको हो ।

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई पनि मानिन्छ । अहिले झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ, उत्तर प्रदेश र कर्नाटक राज्यमा माओवादीको प्रभाव छ ।

यसअघि सन् २००७ मा माओवादीले छत्तीसगढको एउटा प्रहरी चौकीमा आक्रमण गरी ५५ प्रहरीको हत्या गरेको थियो भने सन् २०१० मा जङ्गलमा अर्धसैनिक बलमाथि आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको थियो । त्यसयता पनि आक्रमण र हत्याको शृङ्खला चलिरहेको छ । 

अन्तिम अपडेट: जेठ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया