विदेशबाट फर्किँदा २ वटा माेबाइल ल्याउन पाइने

 बैशाख २६, २०८० मंगलबार १८:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ । आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । 

यस्तै बैठकले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनुभयो । उहाँले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेकाे पनि मन्त्री शर्माले जानकारी दिनुभयाे । उहाँले इसमिट बोर्ड अफ
गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Madhu kumar Belbase

    May 9, 2023, 7:36 p.m.

    निर्णय गरेपछि त्यसको कार्यान्वयन पनि होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया