नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

 बैशाख २७, २०८० बुधबार ९:१२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो ।

रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमा पसलमासमेत नोक्सानी पुर्‍याएको छ ।

आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगो दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा गएराति ११ बजे निभाइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया