मच्छिन्द्र र फ्रेन्ड्स तथा मनाङ र सङ्कटाबीचकाे खेल बराबरीमा सकियाे

 जेठ ४, २०८० बिहिबार १८:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । फ्रेन्ड्सका प्रकाश बुढाथोकी र राफिक अमिनुले गोल गरे भने मच्छिन्द्रका लागि दुवै गोल हाफिज ओेलावालेले गरे ।

याे बराबरीसँगै १९ खेलमा ३१ अङ्कसहित मच्छिन्द्र तालिकाकाे तेस्रो स्थानमा छ । उति नै खेलमा २१ अङ्क जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा क्षेत्रमै छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको अर्काे खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले पनि २–२ गोलकै बराबरी खेलेका छन् । मनाङका कोफी कुडोले २ गोल गरे । सङ्कटाका लागि युसेफ एट्रिस र मनिष डाँगीले १/१ गोल गरे ।

याे बराबरीसँगै मनाङ १९ खेलमा २३ अङ्कसहित तालिकाकाे सातौँ स्थानमा छ । सङ्कटा उति नै खेलमा २२ अङ्कसहित ११ औँ स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया