मनाङ र एपीएफले बराबरी खेले, मच्छिन्द्रले एनआरटीलाई हरायाे

 जेठ ७, २०८० आइतबार १७:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबले बराबरी खेलेका छन् ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र एपीएफले २–२ गाेलकाे बराबरी खेले । मनाङका लागि काेफी कुडाे र सुमित श्रेष्ठले गाेल गरे । एपीएफका लागि नवीन लामा र अर्मान्ड बिडाेमले गाेल गरे ।

याे बराबरीसँगै मनाङ २० खेलमा २४ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । एपीएफ उति नै खेलमा २३ अङ्कसहित दशाैँ स्थानमा छ । 

आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युराेड टिम (एनआरटी) लाई २–० गाेलले हरायाे । मच्छिन्द्रका लागि आफिज ओलावाले र सौरभ लिम्बुले गाेल गरे ।

याे जितसँगै मच्छिन्द्र तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । मच्छिन्द्रकाे २० खेलमा ३४ अङ्क छ । एनआरटी उति नै खेलमा २३ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया