कांग्रेस नेत्री एवम् पूर्वराज्यमन्त्री पाण्डेको निधन

 जेठ १६, २०८० मंगलबार १९:३३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवम् पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज मङ्गलवार दिउँसाे काठमाण्डाैकाे गौशालामा रहेकाे आफ्नै निवासमा निधन भएको छ ।

आजै दिउँसाे ५ बजे उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २००८ मा जन्मनुभएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएको थियो । तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहनुभएकी उहाँ विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो भने विसं २०६४ मा संविधान सभा सदस्य हुनुभएको थियो ।

उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति हुनुभएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उहाँले पटक–पटक जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले स्व. पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ । यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, निधनकाे १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया