कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता

 असार २, २०८० शनिबार १६:५६:३८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटमा कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता भएका छन् । 

कर्णाली करिडोर अन्तर्गत मुगुबाट सुर्खेत जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्र्याक्टर पचालझरना गाउँपालिकाको महखोला नजिकैबाट कर्णाली नदीमा खसेकाे हाे।

ट्र्याक्टरका चालक खत्याड-६ मुगुका तिलकराज बुढथापा नदीमा बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्यर रिमालले बताउनु भयो । बेपत्ता थापाको खोजी भइरहेको उहाँले बताउनु भयाे। 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया