कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का चढेको जीप दुर्घटना, नौ जना घाइते

 असार ९, २०८० शनिबार १६:०:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ । खड्का चढेकाे कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरकाे जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् । 

चौरजहारी नगरपालिका –९ मा रहेकाे आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नाै घाइते भएका हुन् ।

भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको चालक गिरीले बताउनु भएकाे छ । 

इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेकाे जानकारी दिएकाे छ। 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया