काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना, २ को मृत्यु

 कात्तिक १०, २०७५ शनिबार १६:१३:२८ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेकाे ढकालथोकमा शनिबार बा ३ च २८७ नम्बर को जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभए अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया