जुम्लाको बाँजागाड गाउँका सबै घरमा खानेपानीको धारा पुग्यो

 असार १४, २०८० बिहिबार २०:३१:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिका–५ बाँजागाड गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ । बाँजागाड गाउँका एक सय ३६ व६ा घरमा खानेपानीको घारा पुगेको पालिकाले जनाएको छ ।

युरोपियन युनियन, फिनल्यान्ड सरकार र हिमा गाउँपालिकाकाबाट प्राप्त आर्थिक सहयोगमा पालिकाले बाँजागाड गाउँमा एक घर एक धाराको परियोजना लागू गरेको थियो । त्यही योजनाअनुसार काम सम्पन्न भएको हो । 

गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासङ्घका उपाध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना विज्ञ नारायणसिंह खवासले वादा खोला खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी धाराको उद्घाटन गर्नुभएको छ । 

सुस्वा परियोजनाकी संयोजक सुमित्रा शाहीका अनुसार यो गाउँको जनसङ्ख्या नौ सय ३९ रहेको छ । विसं २०७९ फागुन ४ गते सम्झौता गरिएकोमा लक्ष्यअनुसार काम सम्पन्न भएको संयोजक शाहीले बताउनुभयो । फिनल्यान्ड सरकार र युरोपियन युनियनको ७६ लाख सात हजार सात सय ८६ रुपैयाँ १६ पैसाको लगानीमा बाँजागाडा गाउँका एक सय ३६ वटा घरमा खानेपानीको धारा पुर्याइएको उहाँको भनाइ छ । यो खानेपानी आयोजनामा हिमा गाउँपालिकाको सात लाख ६७ हजार सात सय ८६ र श्रमदानमार्फत १४ लाख ५८ हजार सात सय ९४ रुपैयाँ रहेको छ ।  

घरमा पानीको धारा आएपछि स्थानीय खुशी भएका छन् । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खानोपानीको कमी भइरहेको बाँजागाड गाउँमा घरघरमा धारा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पालिकाका सबै गाउँमा एक घर एक धाराका लागि काम भइरहेको बताउनुभयो । 

यही परियोजनाअन्तर्गत वडा नम्बर १ को बड्की गाउँ र वडा नम्बर ७ को डाँडाबाडाका सबै घरमा यस वर्ष खानेपानी पुर्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया