जुम्लामा भएकाे आगलागीकाे घटनामा संलग्न रहेकाे आराेपमा १० जना पक्राउ

 साउन ६, २०८० शनिबार १९:११:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ गाउँपालिकामा भएकाे आगलागीकाे घटनामा संलग्न रहेकाे आराेपमा १० जना पक्राउ परेका छन् । नचिनेका मानिसकाे समूहले लगाएको आगलागीबाट सात घरमा क्षति पुगेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएकाे हाे । 

प्रहरीका अनुसार आगलागीबाट गुठीचौर गाउँपालिका-४ का ६ वटा र चन्दननाथ नगरपालिका-१ का एक घर गरी सातवटा घरमा क्षति पुगेकाे छ । 

गएराति ११ बजेतिर लागेकाे आगाेबाट धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा क्षति पुगेकाे छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आंशिक क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । 

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टर र माेटरसाइकलमा समेत आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे । आगलागीबाट भएकाे क्षतिकाे विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Surjalaxmi Neupane

    July 22, 2023, 9:24 p.m.

    What the hell Ghar ko photo hamro x mero buwa ko name mention chhaina news be alert before write the news 🥵😡

  •  0 Reply

तपाईको प्रतिक्रिया