जुम्लामा वडाबाटै नुन वितरण शुरु

 साउन ९, २०८० मंगलबार १९:४:३ | नेत्र शाही
unn.prixa.net

तातोपानी–२ मा नुन बाँडिँदै । तस्बिर : नेत्र शाही/जुम्ला

जुम्ला – जुम्लामा वडाबाटै नुन वितरण शुरु भएकाे छ । नुन नपाइएको भन्दै उपभाेक्ताले साल्ट ट्रेडिङ कर्पाेरेशन कार्यालयमा तोडफोड गरेपछि वडाबाटै नुन वितरण  शुरु भएकाे हाे ।

साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका हुन् । तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले वडाबाटै प्रतिघरधुरीलाई तीन केजी नुन वितरण गरेकाे बताउनुभयाे । उहाँका अनुसार साल्ट ट्रेडिङ कार्यालयले १५ क्विन्टल नुन उपलब्ध गराएको नुन वितरण गरिएको हो । 

कार्यालय प्रमुख खगेन्द्र मल्लले तातोपानीका १ देखि ७ नम्बर वडा, चन्दननाथको १, ७, ८ र ९ तथा गुठीचौरका २ र ४ वडाले प्रतिघरधुरी तीन केजी पर्ने गरी बुझेका बताउनुभयाे । प्रमुख मल्लका अनुसार अहिलेसम्म झन्डै तीन सय क्विन्टल नुन वडाले वितरणका लागि लगेका छन् । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभाेक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट नुन वितरण गर्न निर्देशन दिएकाे बताउनुभयाे । साउने सङ्क्रान्तिका लागि गएकाे असार ३१ गते नुन लिन कार्यालयमा गएका उपभाेक्ताले नुन नपाएको भन्दै ढुङ्गामुढा गरेर कार्यालय तोडफोड गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया