हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा

 साउन १३, २०८० शनिबार १२:५:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको वडा नम्बर बड्कीका १६१ घरधुरी, ५ वटा कार्यालय गरी १६६ धारा , वडानम्बर ५ बाजगाडमा १३६ घरधुरी र वडानम्बर ६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा पुर्‍याइएको छ ।

नेपाल सरकार, हिमा गाउँपालिका, फिनल्याड सरकार, र युरोपियन युनियनको सहयोगमा  सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तर्गत तीनै गाउँका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो । 

बुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा सबै घरधुरीमा धारा पुगेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा भव्य कार्यक्रम गरी खानेपानीको धाराको उद्घाटन गरियाे । 

बड्की गाउँका सवैघरधुरीमा खानेपानी पुर्‍याउनका लागि स्थानीयको अगुवाईमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना शुरु गरिएको थियो । जसमा अनुमानित एक करोड १२ लाख ६८ हजार ५९ रुपैयाँमध्ये एक करोड ११ लाख ६६ हजार १९७ रुपैयाँ खर्च भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया