उत्तराखण्ड पहिरो : बेपत्ता भएका जुम्ला पातारासीका ११ जना जनाकाे परिचय खुल्याे

 साउन २१, २०८० आइतबार ७:५८:३१ | नेत्र शाही
unn.prixa.net

फाइल फाेटाे

जुम्ला - भारतकाे उत्तराखण्डकाे गाैरीकुण्डमा गएकाे पहिराेमा परि बेपत्ता भएका जुम्लाका ११ जनाकाे परिचय खुलेकाे छ । एकै घरका सात जनासहित गाैरीकुण्डमा गएकाे पहिराेमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाकाे परिचय खुलेकाे हाे । 

बेपत्ता हुनेमा पातारासी-२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बाेहाेरा, उहाँकी श्रीमती अनिता बाेहाेरा, ११ वर्षीया छोरी सलिता बाेहाेरा, ९ वर्षीया छोरी पिंकी बाेहाेरा, ७ वर्षीया छोरी प्रिति बाेहोरा,  ४ वर्षीय छोरा जटिल बाेहाेरा, दुई वर्षीय छोरा ओकिल बाेहाेरा, पातारासी-३ का ३८ वर्षीय बम बाेहाेरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् । 

पहिराेमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको हिजाे शनिवार पहिचान खुलेको थियाे । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताहरुकाे खोजी भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया