माैसम खराब हुँदा जहाज ४ दिनदेखि जुम्ला आउन सकेन

 साउन २४, २०८० बुधबार १४:२५:५५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – माैसम खराब हुँदा जुम्लामा चार दिनदेखि जहाज आउन सकेकाे छैन । चार दिनदेखि नेपालगञ्ज–जुम्ला हवाई उडान हुन नसकेकाे नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएकाे छ ।

प्राधिकरण जुम्लाका एअर ट्राफिक कन्ट्रोलर राजीव श्रेष्ठका अनुसार माैसम खराब हुँदा गएकाे शनिवारदेखि उडान हुन सकेकाे छैन । जुम्लामा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स, समिट एअर, सीता एअर र तारा एअरले नियमित उडान गर्दै आएका छन् ।

चार दिनदेखि जहाज नआउँदा रिफर गरिएका बिरामीहरूलाई सास्ती भएकाे छ । यस्तै कामकाे सिलसिलामा आउजाउ गर्नेहरू पनि समस्यामा परेका छन् । आज पनि उडान तालिका छ तर जहाज आउने/नआउनेबारे थाहा नभएकाे नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया