पाल्पाका उज्यालो सहकर्मी पचभैयासहित पाँच पत्रकार सम्मानित

 साउन २७, २०८० शनिबार १७:४९:५९ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देव पचभैयासहित पाँच पत्रकार सम्मानित भएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् ।

कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाण्डाै) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाण्डाैबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई नगद २५ हजार र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वाट स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई नगद २० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो ।

फोनिजले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनाैट समिति’ गठन गरेको थियो ।

समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया