कैदीबन्दी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षा इन्चार्ज विरुद्ध किटानी जाहेरी दर्ता

 साउन २७, २०८० शनिबार १८:१५:१३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा —जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

शनिवार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी विरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो ।

शुक्रवार गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानवअधिकार आयोगको टोली, मादी नगरपालिका मेयर जीवन लिङथेप, पीडित पक्ष, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डीएसपी वीरेन्द्र गोदार, अन्य संघसंसस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरु सहितको   छलफलपछि मृतकको तर्फबाट किटानी जाहेरी दर्ता गर्ने र पोष्टमार्टम गर्ने लगायतको ५ बुँदे निर्णय भएको थियो ।

गएको २४ गते बुधवार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएकाे थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया