रुकुम पश्चिममा दुई जना महिलाकाे हत्या आरोपमा एक महिला पक्राउ

 साउन २९, २०८० सोमबार १४:५:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा दुई जना महिलाकाे हत्या गरेकाे आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकाेट नगरपालिका-१ की ५२ वर्षीया हस्तकली बुढाथाेकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथाेकीकाे हत्या आराेपमा २३ वर्षीया सिर्जना बुढाबोहाेरा पक्राउ परेकी हुन् । 

गएकाे बिहीवार मृत भेटिएकी हस्तकलीकाे हत्या आराेपमा पक्राउ परेकी सिर्जनाले झन्डै पाँच वर्षअघि आइतीकाे पनि हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे हाे । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार बोहाेराले दुवै जनाको हत्या गरेको स्वीकार गरेकी छन् ।सिर्जनाले प्रहरी समक्ष  पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि हस्तकलीकाे पनि हत्या गरेको बयान दिएकी हुन् ।

दुवै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको प्रहरीले जनाएकाे छ । गहना र पैसा लुट्ने उद्देश्यले उनीहरुकाे हत्या भएकाे हो । प्रहरीले हस्तकलीकाे हत्या प्रकरणमा बाेहाेरासहित अन्य दुई जनालाई पक्राउ गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया