सिञ्जा गाउँपालिककाले रैथाने बाली बजारीकरण गर्ने

 साउन ३१, २०८० बुधबार ७:३:५१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरण गर्ने भएकाे छ ।  

त्यसका लागि सिञ्जा गाउँपालिककाले त्यहाँको बाली बजारीकरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी यहाँका किसानलाई सहजै बजारीकरणमा टेवा पुग्नका लागि खाद्य कम्पनीको केन्द्रीय कार्यालयसँग शनिवार सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, ‘रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनीबीच सम्झौता भएपछि बजारीकरण गरिने भएको छ ।’

गाउँपालिकाले कालीमार्सी धान, चामल, सिमी फापर, चिनो, कागुनो मास भटमास र कोदो लगायतका स्थानीय बालीहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न सिञ्जा गाउँपालिकाले सिधै किसानहरुसँग वा कृषक समूह, सहकारी समूह किसानलाई लाभ पुग्ने गरी सिधै पालिकाले खरिद र संकलन गरी खाद्य कम्पनीलाई बिक्री गरिने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

गत वैशाख २० गते बसेको जिल्ला स्तरको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका स्थानीय तहको रैथानेबाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्णय गरी अनुरोध गरेको थियो । त्योे निर्णयको कार्यान्वयन सिञ्जा गाउँपालिकाबाट भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ ।

यसका लागि किसानले उत्पादन गरेको रैथाने बालीलाई बजारसम्म पुर्‍याउनका लागि खाद्य कम्पनीले सहजीकरण गर्ने भएको छ । साथै किसानहरुलाई उचित मूल्य दिइने व्यवस्था गरिने र एकिकृत रुपमा अर्गानिक खाद्यन्न निर्यात गरिने भएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • कान्तिप्रसाद तिवारी

    Aug. 17, 2023, 5:07 p.m.

    यसबाट पनि कमिसन खाने हाेलान् नि चाेरहरू

  •  0 Reply
  • Jaya Krishna Acharya

    Aug. 17, 2023, 1:17 p.m.

    राम्रो काम गरेको हार्दिक बधाई सफलता हासिल रहोस्

  •  0 Reply

तपाईको प्रतिक्रिया