संखुवासभाको सभापोखरीमा एक घरमा आगलागी

 साउन ३१, २०८० बुधबार ११:२४:४८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।

स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो ।

उहाँका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ ।

अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिको बारेमा अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन तर घरभित्र रहेको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट भएका छन् ।

फुसले छाएको घरमा रातको समयमा अचानक आगलागी भएको बताइएको छ । तर, के कति कारणले आगलागी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया