युक्रेनमा रुसको मिसाइल आक्रमण : बालिकासहित ७ जनाको ज्यान गयो

 भदौ ३, २०८० आइतबार ७:२७:४ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिकासहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति निकालेर रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनमा हिजो आक्रमण गरेको जनाएको छ । यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने स्वीडेनको भ्रमणमा हुनुहुन्छ ।

युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घीय मानवीय समन्वयकर्ताले चेर्निहाइभ सहरको केन्द्रमा भएको रूसी आक्रमणलाई जघन्य घटना भन्दै आक्रमणको निन्दा गरेका छन् । राष्ट्र सङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको भर्त्सना गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया