रुकुम पूर्व : कुटपिटबाट घाइते एक युवाको ज्यान गएपछि पाँच जना पक्राउ

 भदौ ५, २०८० मंगलबार ७:५७:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - कुटपिटबाट घाइते भएका एक युवाको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगर रहेका छन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरुले भदौ १ गते भूमे गाउँपालिका–५ का २८ वर्षीय अन्जान बुढा मगरलाई कुटपिट गरेर घाइते बनाएका थिए । अन्जान मछेनाको गोठबाट घरतिर फर्कने क्रममा पाँच जना युवाको आक्रमणमा परेका थिए । उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा अस्ति ३ गते ज्यान गएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया