साेलुखुम्बुकाे दिप्लीघाटमा बाढीले डोजरसहितका सामग्री बगायो, ८३ लाख रुपैयाँ बराबरकाे क्षति

 भदौ ९, २०८० शनिबार ७:१४:११ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको दिप्लीघाटमा दुधकोशीमा आएको बाढीले डोजरसहितका सामग्री बगाउँदा ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

हिजाे आएकाे बाढीले पुल निर्माणको क्रममा प्रयोग भएको डोजरसहितका सामग्री  बगाएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका-८ र सोताङ गाउँपालिका-१ को सिमाना दिप्लीमा पुल निर्माणको क्रममा प्रयोग भएको आरबी कन्ट्रक्सन प्रालिको बा २ क २०५७ नम्बरको एक्स्काभेटर, एउटा मिक्स्चर, जेनेरेटर, फलामको रड पन्ध्र बण्डल, फलामको स्काइ फोल्डिङ फर्मा ३ सय ३० वटा बाढीले बगाएको हाे । 

बाढीले दिप्लीघाटको बेलीब्रिजको भाग पनि कटान गरेको छ । निरन्तको वर्षाका कारण ब्रिजको जमिनसँग जोडिएको झण्डै २५ फिट भाग कटान हुँदा कोशीपारिका क्षेत्रमा गाडी आवतजावत बन्द भएकाे छ । 

साेलुखुम्बुकाे जिल्ला सदरमुकामबाट कोशीपारि जोड्ने बेलीब्रिजमा बाढीले क्षति पुर्याएसँगै महाकुलुङ, सोताङ गाउँपालिका र सल्लेरीबीचकाे सडक सम्पर्क टुटेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया