पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गयो : अर्का एक जना घाइते

 भदौ ११, २०८० सोमबार १०:३५:२१ | देव पचभैया
unn.prixa.net

काठमाण्डौ – पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर–२ का नरेश घर्ती मगरको ज्यान गएको हो ।

तानसेन तम्घास सडक खण्डको तानसेन–१४ जोर्ते नजिक अर्गलीमा भएको दुर्घटनामा घाइते भएका नवलपरासी सरावल गाउँपालिका–१ का प्रकाश थारूको मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थारु मोटरसाइकलको पछाडि बसेका थिए ।

गएराति लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया