बाग्मती प्रदेशले चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने

 भदौ १९, २०८० मंगलबार ७:२:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा हुने भएको छ ।

हिजो बसेको बाग्मती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यससँगै बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री  श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बूढानीलकण्ठ–५ काठमाण्डौकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यसैगरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी ग्रामीण सडक सञ्जाल सुधार आयोजना–एएफ सञ्चालनका लागि म्याचिङ फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एसियाली विकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया