नाडा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक

 भदौ २९, २०८० शुक्रबार ९:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा माेटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको छ । कम्पनीले अटाे शाेमार्फत् टियागाे ईभीका पाँच वटा भेरियन्ट नेपालमा भित्र्याएकाे हाे । 

कम्पनीले ल्याएको टियागो दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध रहेकाे छ । नेपाल आएका सबै भेरियन्टमा ५० किलोवाटभन्दा कम क्षमताका मोटर रहेका कम्पनीले जनाएकाे छ।

टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९ दशमलव २ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । त्यस्तै, अन्य तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

कम्पनी सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दाबी गरेको छ ।  सबै भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । सबै भेरियन्टले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ दशमलव २ किलोवाट क्षमताको एसी चार्जर पनि सपोर्ट गर्ने कम्पनीले जनाएकाे छ ।

सिप्रदीले टियागोमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षकाे वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया