सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
मकवानपुर - हेटाैँडाकाे सञ्चाे अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएकाे कुटपिटकाे विराेधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्।
डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि बुधवार कुटपिट भएपछि कारबाहीकाे माग गर्दै स्वास्थ्यसंस्थाकाे आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दाेलनमा उत्रिएका छन् ।
उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भवनभित्र प्रदेश सभा बैठक चलिरहेको छ।
बुधवार बिहान हेटौँडा–१, भिन्तुनापथमा रहेकाे सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो । गएकाे साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन्।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
घटनामा संलग्नमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर तीन दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् । घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका छन् ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।