देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
दाङ - दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला एक महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले पाँच बुँदे सहमति गरेर ताला खोलेको हो ।
सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गरिने, सेवा आयोगका आउँदाे विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।