नेपाली बजारमा टाटा मोटर्सको 'एस ईभी'

 असोज ५, २०८० शुक्रबार २०:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार पाङ्ग्रे गाडीमा अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ट प्रदर्शनी गरिरहेको टाटा मोटर्सले यात्रुवाहक गाडीसँगै व्यावसायिक गाडीकाे उत्पादन एवम् बिक्रीतर्फ नयाँ आयाम थपिरहेको छ ।

कम्पनीले दिगो आवतजावत प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न योजना तथा कार्यक्रमहरू गर्दै आएको छ । यसै सन्दर्भमा यस पटक टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बजारमा कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । टाटा मोटर्सले नेपाली बजारमा नयाँ 'एस ईभी' सार्वजनिक गरेको हो ।

एस ईभी एक उन्नत र रिभोलुसनरी चार पाङ्ग्रे कमर्सियल गाडी हो । शून्य उत्सर्जनसहितको एस ईभी विद्युतीय गाडीको समाधान हो ।

नेपाली बजारमा एस ईभी सार्वजनिक भएसँगै यसले विश्वबजारमा पर्यावरणमैत्री यातायातलाई पुनः परिभाषित गरेको छ । अहिले विश्वबजार यातायात क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ भन्ने नाराका साथ लागिरहेको समय नेपाली बजारमा व्यावसायकितर्फ एस ईभी सार्वजनिक भएकाे हाे ।

सार्वजनिक भएको एस ईभीको पहिलो ब्याच ग्राहकहरूमा पुगिसकेकाे छ । वातावरणीय रूपमा सचेत कम्पनीहरूका लागि एस ईभी एक पर्यावरणमैत्री गतिशीलता हो ।

टाटाको एस ईभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले भन्नुभयाे, ‘एस ईभी सार्वजनिक हुनु भनेको नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने हाम्रो लक्ष्यमा कोशेढुङ्गा सावित भएको छ ।’

अन्तर्राष्ट्रिय प्रमुख मेहरोत्राले नेपालमा एस ईभीको शुभारम्भले स्वच्छ ऊर्जातर्फ देशको प्रगतिलाई थप पूरक हुने समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाली ग्राहकहरूबाट प्राप्त समर्थन र प्रतिक्रियाबाट हामी निकै उत्साहित छौँ । ग्राहकहरूकै लागि र उहाँहरूसँगै यो शून्य उत्सर्जन कार्गो गतिशीलताको यात्रा पनि शुरु गरेका छौँ ।’

एस ईभी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणाले पनि बजारमा यस प्रकारको उन्नत र वातावारणमैत्री चार पाङ्ग्रे व्यावसायिक गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘बजारमा एस ईभी लन्च गर्न पाउँदा हामी निकै खुशी छौँ । यसले नेपालको पर्यावरणमैत्री यातायातमा नयाँ युगको शुरुवात गरेको छ । दशकौँदेखि टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा गुणस्तरीय मोबिलिटी सोलुसनहरू प्रदान गर्न र नेपाली बजारको विश्वास जितेका उत्कृष्ट गाडीहरू निरन्तररूपमा वितरण गर्न सहकार्य गर्दै आएको छ । टाटा मोटर्स सधैँ टप-अफ-द-लाइन उत्पादनहरू प्रदान गर्न अग्रसर छ ।’

उहाँले एस ईइभीले देशको दिगो भविष्यका लागि सिप्रदी ट्रेडिङको साझा दृष्टिकोणलाई मूर्त रूप दिने समेत बताउनुभयाे ।

एस ईभीले ई-कार्गो गतिशीलताका लागि समग्र समाधान प्रदान गर्नेमा कम्पनी सकारात्मक छ । यो विद्युतीय गाडीमा विभिन्न नयाँ विशेषताहरूसँगै रियल-टाइम भेहिकल ट्र्याकिङ जस्ता विशेषताहरू पनि दिइएको छ । कम्पनीले गाडी बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

टाटा एस ईभी : हरित भविष्यका लागि रसद रूपान्तरण

एस ईभी टाटा मोटर्सको 'इभोजेन' पावरट्रेन विशेषता भएको पहिलो उत्पादन हो । यसले एक पटकको पूरा चार्जमा १५४ किलोमिटर रेन्ज दिन्छ । एस ईभीमा उन्नत ब्याट्री कुलिङ प्रणाली र पुन: उत्पन्न ब्रेकिङ प्रणाली पाउन सकिन्छ । जसले गर्दा गाडीलाई सुरक्षित ढङ्गमा हरेक प्रकारको मौसममा चलाउन सकिन्छ । यो गाडीमा उच्च अपटाइमका लागि नियमित र छिटो चार्ज गर्ने क्षमता छ ।

उच्चतम कार्गो भोल्युम र २२ प्रतिशतको ग्रेड क्षमता सुनिश्चित गर्न एस ईभी १३० एनएम पिक टर्कको साथ २७ किलोवाट मोटरद्वारा सञ्चालित छ । गाडी पूरै लोड भएको अवस्थामा पनि सहजै उकालोमा समेत चलाउन सकिन्छ । एस ईभीको कन्टेनर नेपालका आवश्यकताहरू पूरा गर्न विशेषरूपमा अनुकूलित गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया