साफ यू–१९ च्याम्पियनशिप : फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

 असोज ८, २०८० सोमबार १९:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह 'बी' काे अन्तिम खेलमा भुटानलाई २–१ गाेलले हराउँदै भारत समूह विजेता बनेपछि सेमिफाइनलमा नेपालसँगकाे भेट पक्का भएकाे हाे । आजै साेमवार समूह 'ए' काे अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गाेलले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेकाे थियाे ।

यस्तै अर्काे सेमिफाइनलमा पाकिस्तान र भुटानबीच खेल हुनेछ । पाकिस्तान समूह 'ए' काे काे विजेता र भुटान समूह 'बी' काे उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् ।

सेमिफाइनल खेल पर्सि बुधवार हुनेछ । पहिलाे खेलमा पाकिस्तान र भुटान तथा दाेस्राे खेलमा नेपाल र भारत खेल्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल शनिवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८०

तपाईको प्रतिक्रिया