काठमाण्डौमा भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’

 असोज १३, २०८० शनिबार १७:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउँदैछन् । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउन लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको शुरू हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुनेछ ।

साताव्यापी कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा धेरैजसो सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया