चाडपर्व नजिक आइसक्दा पनि सडकको अवस्थामा सुधार हुन सकेन

 असोज १७, २०८० बुधबार १०:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दशैँ अगाडि नै सडक मर्मतको काम सक्ने सडक विभागले जनाएको छ ।

मुख्य चाडपर्व दशैँ, तिहार तथा छठ पर्व नजिकिए पनि सडकको अवस्थामा सुधार हुन नसकेको गुनासो बढेपछि विभागले दशैँको फूलपाती अगाडि नै सडक मर्मतको काम सक्ने दाबी गरेको हो ।

सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता रामहरि पोखरेलले मुग्लिन–नारायणगढ, नारायणगढ–बुटवल, नागढुङ्गा–नौबिस सडक खण्ड, अरनिको राजमार्गलगायत काठमाण्डौ उपत्यकाका सडक पनि मर्मत गर्ने बताउनुभयो ।

यस्तै, उहाँले यी सडक खण्डमा पहिरो खसे तत्काल सडक खुलाउन उपकरण पनि तयारी अवस्थामा राखिने बताउनु भएको छ । तर, फूलपाती अघि नै सडक मर्मतको काम सक्ने दाबी गरिए पनि पूरा हुने सम्भावना कम छ । कतिपय सडक निर्माणाधीन अवस्थामा छन् भने कतिपयमा धमाधम विस्तार भइरहेको छ । सडक जथाभाबी भत्काइएको छ । यसरी भत्काइएका सडक तत्काल बन्ने सम्भावना छैन ।

यस्तै, कतिपय ठाउँमा कामदार र उपकरणको समेत अभाव छ । सडक  विभागले चाडपर्वलाई लक्षित गरेर सडकको खाल्डाखुल्डी भने पुर्न सक्छ । यातायात व्यवसायीले सडकको अवस्था सुधार नगरेसम्म अग्रिम टिकट बुकिङ खुलाउन नसक्ने बताएका छन् । सडक विभागले भने झरी परिरहेकाले सडक मर्मतमा समस्या भएको जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया