नेपाल र लाओसबीचकाे खेल हेर्न ३ सय र ५ सय रुपैयाँकाे टिकट

 असोज १९, २०८० शुक्रबार २०:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ ।

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पारापिटतर्फ ३ सय र भीआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो । खेलको टिकट एन्फाले आफैँले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ ।

खेलका लागि लाओस अक्टाेबर ९ मा नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रङ्गशालामा आवश्यक व्यवस्था मिलाइएको एन्फाले जानकारी दिएकाे छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको बताइएको छ ।

फिफा वरीयतामा नेपाल १७५ औँ र लाओस १८६ औँ स्थानमा छ । याे खेलका लागि २५ सदस्यीय नेपाली टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ । खेल असोज २५ गते बिहीवार दशरथ रङ्गशालामा हुनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया